नेविसंघको आरोप: एमालेले राष्ट्रवादको नाममा विदेशी हस्तक्षेप निम्त्यायो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

नेविसंघको आरोप: एमालेले राष्ट्रवादको नाममा विदेशी हस्तक्षेप निम्त्यायो



काठमाडौँ- भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको नेपाल विद्यार्थी संघले विरोध गरेको छ। विरोधमा भारतीय राजदूतावास लैनचौर अगाडि संघका विद्यार्थीहरुले मंगलबार प्रदर्शन गरे।

नेविसंघका अध्यक्ष नैनसिंह महर नेतृत्वको टोलीले दूतावास नजिकै प्रदर्शन तथा कोणसभा आयोजना गरी आजादको भनाईको विरोध गरे। कोण सभामा बोल्दै महरले अरुण तेस्रो कुनै दिर्घकालिन योजना विपरित भारतलाई दिनु राष्ट्रघात भएको बताए। कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विदेशी हस्तक्षेपलाई निम्त्याएको उनको आरोप थियो।

भारतीय सांसद आजादले जनकपुरलाई भारत फर्काउनुपर्छ भनी दिएको अभिव्यक्तिबारे माफि माग्नुपर्ने र उनलाई कारवाही गर्नु पर्ने महरले माग गरे। विद्यार्थी नेताहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा भारतीय सेनालाई ल्याएर नेपाली सुरक्षाकर्मीको मनोबल गिराउने काम भएको बताए।