नेविसंघ भारतको आयोजनामा 'नीति बहस' अन्तरक्रिया कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेविसंघ भारतको आयोजनामा ‘नीति बहस’ अन्तरक्रिया कार्यक्रम सम्पन्न



नयाँ दिल्ली/हिमाल पोस्ट 

नेविसंघ भारतको आयोजनामा ‘नीति बहस’शीर्षकमा रचनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेविसंघ भारतका अधक्ष्य अम्बिका प्रसाद जोशीको सभापतित्वमा भएको उक्त कार्यक्रममा  नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् नेपाल जन सम्पर्क समिति भारतका  अध्यक्ष बाल कृष्ण पाण्डेको प्रमुख आथित्यता रहेको थियो ।कार्यक्रममा नेपाल तरुण दलका महामन्त्री भुपेन्द्र जङ्ग शाही र युवा जागरण अभियानका अभियन्ता एवम् नेपाली काँग्रेसका युवा नेता चिन्तन पौडेल विशिष्ट आतिथ्यता  रहेको थियो ।

कार्यक्रममा नेता चिन्तन पौडेलले नेपाल सरकारको नीतिगत कमजोरी औल्याउनुका  साथै उध्मशिलाताको   विकास अपरिहार्य रहेको  बताएका थिए ।

सो अवसरमा  नेपाल तरुण दलका महामन्त्री शाहीले पार्टी भित्र युवाहरू अगाडी  बढ्नुको विकल्प नरहेको भन्दै पब्लिसिटी स्टन्टमा भन्दा पार्टीका  नेताहरूमा  आन्तरिक सुधार एवम् सङ्गठन मजबुत बनाउन एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।त्यसै गरी अर्का वक्ता एवं स्वतन्त्र विचारक डा.सचिन घिमिरेले नेपाली काँग्रेसले आफ्नो नीति भन्दा बाहिर जान नहुने र जनताको बिच आफूलाई स्पष्ट भिजन र मुद्दाका साथ लैजाउनु पर्नेमा जोड दिए ।

ने बि सङ्घ भारतका वरिष्ठ उपाधक्ष्य  गीरु  न्यौपाने  नेपाली काँग्रेस अविचलित प्रजान्त्रिक समाजवादलाई आफ्नो स्पष्ट नीति बनाएर नीति अनुसारको व्यवहार र कार्वान्वयनमा जोड दिनुपर्ने भन्दै  पार्टी भित्र विद्यमान परिस्थिति आफैलाई घातक हुन सक्ने तर्फ सचेत गराए ।

अन्तर्राष्ट्रिय युवा दिवासकै  दिन पारेर  गरिएको  उक्त कार्यक्रममा ने बि सङ्घ भारतका सह महामन्त्री सुजन नेपाल, ने बि सङ्घ दिल्ली शाखाका अधक्ष्य सागर बहादुर शाही ,सिए नेविसंघका सतिस झा ,  नेपाल तरुण दल भारतका महामन्त्री नागेन्द्र प्रसाद जोशी लगायतले आफ्नो मन्तव्य राखेका थिए । 

प्रमुख अतिथि पाण्डेले जन सम्पर्क समितिको काम र सङ्गठन बिस्तारको  चर्चा परिचर्चा गरे भने
भने सभापति जोशीले नेपालको वर्तमान अवस्था र राजनीतिक पार्टीहरूले गर्नुपर्ने कोर्स करेक्सनको बारेमा बताए ।

उक्त कार्यक्रम उपाध्यक्ष  फर्शु =राम भण्डारीको स्वागत मन्तव्य र  सह महामन्त्री दिवाकर पाण्डेको संचालनमा जवाहर लाल नेहरु विश्व विद्यालयको स्टुडेन्ट  कम्न्युनिटि सेन्टरमा सम्पन्न भएको थियो ।