नेविसंघभित्र दुई गुटको यस्तो बबाल ! - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

नेविसंघभित्र दुई गुटको यस्तो बबाल !



वैशाख । सुन्दरीजलस्थित वीपी संग्रहालयमा कांग्रेसको संस्थापन र पौडेल-सिटौला समूहले स्ववियु सभापति तथा पदाधिकारीहरुको अलग-अलग प्रशिक्षण कार्यक्रम राखेका छन् । रोचक त के छ भने प्रशिक्षण कार्यक्रमको समय पनि एउटै छ ।

बुधबार हुने कार्यक्रमको आयोजक ‘नेपाल विद्यार्थी संघ केन्द्रीय समिति’ भनिएको छ । संस्थापन पक्षको कार्यक्रमको संयोजन शहिद आदर्श क्याम्पसको स्ववियुले गरेको छ ।

पौडेल-सिटौला समूहको कार्यक्रमको संयोजन नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमिति र सहसंयोजन शहिद आदर्श क्याम्पसको नविसंघ इकाइ समितिले गरेको छ ।

नेविसंघका संस्थापन र अलग-अलग ब्यानर बनाएर आ-आफ्नो कार्यक्रमको प्रचार जारी राखेका छन् । संस्थापन पक्षको प्रचार सामाग्रीमा कार्यक्रमको प्रमुख अतिथि कांग्रेस सभापति शेरबहादुर देउवा र विशिष्ट अतिथि रामचन्द्र पौडेल उल्लेख गरेर उनीहरुको तस्वीरसमेत राखिएको छ । तर, पौडेल-सिटौला समूहको ब्यानरमा नेताहरुको नाम, तस्वीर केही पनि उल्लेख छैन ।