सुदूरपश्चिममा नेकपा (एस)लाई ठूलो धक्का, कार्यकर्ता लिएर अध्यक्ष र मन्त्री नै एमाले फर्किए - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सुदूरपश्चिममा नेकपा (एस)लाई ठूलो धक्का, कार्यकर्ता लिएर अध्यक्ष र मन्त्री नै एमाले फर्किए



नेकपा (एकीकृत समाजवादी)ले कारबाही गरेपछि सुदूरपश्चिमका केही नेताहरु नेकपा (एमाले) मा फर्किएका छन्। उनीहरूले कार्यकर्ता समेत लिएर फर्केपछि एकीकृत समाजवादीलाई ठूलो धक्का लागेको छ ।

एकीकृत समाजवादी सुदूरपश्चिमका निवर्तमान अध्यक्ष विक्रमबहादुर शाही, पूर्वमन्त्री तारालामा तामाङ, निवर्तमान मन्त्री कुलबीर चौधरी, बेदकोट नगरपालिकाका निवर्तमान प्रमुख अशोक चन्दलगायतका नेताहरु एमालेमा फर्किएका हुन्।

उनीहरुसँगै माओवादी केन्द्रका मोहन गिरीसहित केही कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन्। चुनावको सम्मुखमा माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमका केही नेताले विद्रोह गरेका हुन्।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले महेन्द्रनगरमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई स्वागत गरेका छन्।

गत वर्ष साउनमा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी गठन गरेका माधव नेपालले नेकपा माओवादी केन्द्रमा पार्टी विलय गराउने योजना बनाएको भन्दै विद्रोहको गरिएको एकीकृत समाजवादीका एक नेताले बताए।