कार्यकर्तालाई नेकपाको कडा निर्देशन: खर्च धेरै गरे पनि कारबाही गरिने, यस्ता छन् नौं बुँदा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कार्यकर्तालाई नेकपाको कडा निर्देशन: खर्च धेरै गरे पनि कारबाही गरिने, यस्ता छन् नौं बुँदा



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एघार बुँदे कडा निर्देशन जारी गरेको छ । अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरी एघार बुँदे संहिता जारी गरेका छन् ।

आनीबानी, घरपरिवार र समाजबारे नेकपाका सदस्य कसरी प्रस्तुत हुने भन्ने व्याख्या सहित सर्कुलर जारी गरिएको छ ।

पार्टी केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेताहरुबाट शुरु गर्नेगरी नेकपाले संहिता जारी गरेको छ । नेकपाका सदस्यले जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्ने र आफ्नो कमाईबाट राज्यलाई कर तिर्नुपर्ने उल्लेख गरिएको छ । उक्त कमाइबाट पार्टीलाई नियमित सदस्यता शुल्क र लेबी बुझाउन सर्कुलर पठाइएको छ ।

नेकपाका पार्टी सदस्यले परिवारका सदस्य हरुबीच बैठक बस्ने, सल्लाह र सुझाव लिने तथा १६ वर्ष पुगेका सदस्यहरु बीच दिनभर गरिने कार्यविभाजन गर्न निर्देशन जारी गरिएको छ ।

सकेसम्म घरमा सहयोगी नराख्ने र राख्नुपर्ने भए विभेद नगर्न पनि निर्देशन दिइएको छ । पार्टी सदस्यहरुले न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने पनि उल्लेख गरिएको छ ।

नेकपाका कुनै सदस्यले कुनै पनि किसिमका विभेद गर्न नहुने र विभेद गरे पार्टी सदस्यबाट कार्बाही गरिने चेतावनी दिइएको छ ।

नेकपाले पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउने बातावरण तयार पार्न निर्देशन जारी गरिएको छ । सर्कुलरमा सादा जीवन र उच्च विचारलाई प्राथमिकता सुझाव दिइएको छ ।

सभ्य बन्न नेकपाले परिवारका सदस्यहरुमा तँ भन्न पूर्ण रुपमा बन्द गर्नपर्ने निर्देशन दिएको छ । जन्मदिन, ब्रतबन्ध, पासनी, विवाह लगायतमा मितव्ययिता अपनाउनुपर्ने पनि उल्लेख गरिएको छ ।