नेकपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

नेकपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौँ– अनिश्चित बनेको नेकपाको सचिवालय बैठक बस्ने भएको छ। पटक पटक स्थगित हुदै आएको सचिवालय बैठक आइतबार बस्ने तय भएको हो ।

स्रोतका अनुसार अपरान्ह ४ बजेपछि बस्ने तयारी भैरहेको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको फलोअप उपचार पछी डाकिएको आजको बैठकमा केहि महत्वपुर्ण बिषयको निर्णय हुनसक्ने बताइएको छ ।

बैठकमा पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने र स्थायी समितिको बैठक बोलाउने बारेमा छलफल हुनेछ । शनिबार तेस्रो पटक डायलासिस गरेपछि अध्यक्ष तथा प्रधानमन्त्री ओली आराम गरिरहेका छन् । यसअघि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेकपाको उच्च नेताहरुसँग पार्टी र सरकारको जिम्मेवारी हेरफेर गर्ने विषयमा छलफल गरेपनि ठोस निर्णय हुन सकेको थिएन ।

आजको बैठकमा मन्त्रिपरिषद् हेरफेरको बिषय बामदेब र नारायणकाजीलाई राष्ट्रिय सभामा ल्याउने, र नेतृत्व र पार्टीको जिम्मेवारी दिनेबारे छलफल हुनसक्ने अनुमान नेताहरूले गरेका छन् ।