नेकपामै चर्कियो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको बहस - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

नेकपामै चर्कियो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको बहस



काठमाडौं- सत्तारुढ नेकपाका सांसदले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बिषयमा बहस सुरु गरेका छन्।

हाल राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन कार्यदल गठन गरेका बेला नेकपा कै सांसदले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने विषय उठान गरेपछि पार्टीमा तरङ्ग पैदा भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा सांसद तथा पूर्व कानूनमन्त्री शेरवहादुर तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी शासकीय स्वरुप बनाउनुपर्ने बताए ।

संविधान जारी गर्ने बेला त्रुटि भएको भन्दै उनले भने, ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन प्रणालीमा जानको लागि सबैको ध्यानाकर्षण गराउन चाहान्छु । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणालीमा जाउँ ।’

तामाङले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाँदा १५१ सदस्यीय एउटामात्रै संसद पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था गर्न समेत उनले प्रस्ताव राखेका छन् । तामाङले संघीय संरचनालाई समन्वयकारी मात्र बनाउने र स्थानीय तहको संख्या ७५३ बाट घटाएर ३५० को हाराहारीमा ल्याउन समेत प्रस्ताव राखेका छन् ।

तामाङले सत्तारुढ दल र बाहिरबाट समेत संविधान संशोधनको कुरा उठिरहेका बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको संसदका पक्षमा यसै संसदबाट संविधानमा संशोधन गर्न समेत प्रस्ताव राखेका हुन् ।