नेकपाका सबै सदस्यले एक दिनको कमाई पार्टीलाई दिनुपर्ने - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

नेकपाका सबै सदस्यले एक दिनको कमाई पार्टीलाई दिनुपर्ने



काठमाडौं- सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बल्खुमा पार्टी मुख्यालय बनाउने भएको छ।

आइतबार सकिएको केन्द्रीय कमिटीको बैठकले पार्टी केन्द्रीय कार्यालय बल्खुमा रहेको आफ्नै जमिनमा बनाउने निर्णय गरेको हो।

केन्द्रीय कार्यालय भवनको शिलान्यास आगामी तीन महिनाभित्र गरिसक्ने निर्णय समेत भएको छ।

‘यो बैठक काठमाडौंको मदननगर बल्खुस्थित आफ्नै जमिनमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने केन्द्रीय सचिवालयको निर्णयलाई स्वागत गर्दछ।

देशको प्रमुख पार्टीको हैसियतले प्रभावकारी कार्य सम्पादन गर्न अनुकुल हुनेगरी आगामी तीन महिनाभित्र कार्यालय भवन शिल्यान्यास गर्ने निर्णय गर्दछ,’ निर्णयमा भनिएको छ।

बैठकले भवन निर्माण गर्न पार्टीका सम्पूर्ण सदस्यहरूले एक दिनको तलब वा आम्दानी बराबरको सहयोग गर्न र शुभेच्छुकहरूलाई दिल खोलेर सहयोग गर्न पनि अपिल गरेको छ।

हाल नेकपाको केन्द्रीय कार्यालय धुम्बराहीस्थित पासाङ ल्याम्हु प्रतिष्ठानको भवनमा छ।

तत्कालीन एमालेको मुख्यालय रहेको बल्खुमा रहेको भवन ०७२ को भूकम्पले क्षतिग्रस्त बनेको थियो। भूकम्पले क्षति पु¥याएपछि पार्टी कार्यालय धुम्बाराहीमा सारिएको थियो।