एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो पनि गठन - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो पनि गठन



नेकपा (एकीकृत समाजवादी)ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो। एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको जनाइएको छ।

यससँगै एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिटब्यूरो पनि गठन गरेको छ। स्थायी कमिटीमा ४२ सदस्य र पोलिटब्यूरोमा ९४ सदस्य छन्।

एकीकृत समाजवादी छाडेको घोषणा गरेका प्रदीप नेपालले पनि जिम्मेवारी पाएका छन्। उनलाई प्रतिष्ठान इन्चार्जको जिम्मेवारी दिइएको छ।

एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन-२ मा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई सम्मानित नेता भनिएको छ। उनलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।