एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्षले किन छाडे पार्टी ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्षले किन छाडे पार्टी ?



धनगढी । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम बहादुर शाहीले पार्टी छाडेका छन्। उनले बुधबार सामाजिक संजालमार्फत पार्टी छाडेको घोषणा गरेका हुन्।

एमसीसी परियोजनाको चर्को विरोध गरिरहेका शाही नेकपा एसले एमसीसी पारित गर्ने निर्णय गरेयता निस्क्रियजस्तै थिए। सत्तारूढ गठबन्धनका गतिविधिमाथि उनले असन्तुष्टी व्यक्त गर्दै आएका थिए।

‘‘न उपदान पाउनु छ, न पेन्सन, न सन्चय कोसको रकम भुक्तानी लिनु छ। जब सम्म काम गरियो मनैदेखि गरियो , इमान्दारीसाथ गरियो ,चन्दा कमिसन मागेर होइन आफ्नो श्री सम्पत्ति खर्च गरेर गरियो। बेकारमा निवेदनको चिर्कटो बुझायेर कसैलाइ किन हाकिम बनाउनु छोड्यो त छोड्यो, कसैको जागिर खाको हो र ?’’ उनले फेसबुकमा लेखेका छन्।