एकीकृत समाजवादीको प्रमुख सचेतक बने श्रेष्ठ र कुँवर - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

एकीकृत समाजवादीको प्रमुख सचेतक बने श्रेष्ठ र कुँवर



काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका लागि प्रमुख सचेतक चयन गरेको छ।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको सांसद भवानी खापुङले जानकारी दिए।

त्यस्तै पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको छ। नेकपा (एकीकृत समाजवादी) पार्टी गत भदौ २ मा एमालेबाट विभाजन भएर बनेको हो।