एमाले नगर उपाध्यक्षसहित करिव ३ सय जना एकीकृत समाजवादीमा प्रवेश - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

एमाले नगर उपाध्यक्षसहित करिव ३ सय जना एकीकृत समाजवादीमा प्रवेश



वीरगञ्ज । नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका उपाध्यक्ष सहित २ सय ९३ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।

नगर कमिटीका उपाध्यक्ष विरेन्द्र गिरी सहित २ सय ९३ जना नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत एमाले छोेडेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एकीकृत समाजवादीका नेता तथा बारा–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठले स्वागत गरे ।