नेकपा (एस)का पाँच नेता एमालेमै फर्किए - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

नेकपा (एस)का पाँच नेता एमालेमै फर्किए



काठमाडौं- पहिले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएका पाँच नेता पुनः पुरानै पार्टी नेकपा एमालेमा फर्किएका छन्। प्युठान जिल्लाका नेकपा एसमा लागेका नेताहरू एमालेमै फर्किएका हुन् ।

२०७० सालमा सम्पन्न संविधान सभा निर्वाचनमा प्युठान क्षेत्र नम्बर २ बाट विजयी हीराबहादुर केसीलाई एकीकृत समाजवादीले आफ्नो केन्द्रीय अनुशासन आयोगको सदस्यमा बनाएको थियो। तर उनले विज्ञप्ति जारी गरी आफू एमालेमै रहने बताए।

यसैगरी एमाले फुटेपछि एकीकृत समाजवादीमा आबद्ध भएका नेता शोभाराम भण्डारी, पार्टीका प्युठान जिल्ला सचिव दीपेन्द्र केसी तथा जिल्ला सदस्यहरू धर्मराज भण्डारी र तिलबहादुर घर्ती पनि एमालेमै फर्किएका हुन्।