सरकारमा जाने नेकपा एसको निर्णय, सात मन्त्रालय दाबी गर्ने - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

सरकारमा जाने नेकपा एसको निर्णय, सात मन्त्रालय दाबी गर्ने



काठमाडौं- माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा जाने औपचारिक निर्णय गरेको छ । पार्टीको शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो।

पार्टी निर्माणपछि बसेको पहिलो स्थायी कमिटी बैठक बसेको हो ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएक थिए।

नेपालले आफ्नो नेतृत्वमा पार्टी निर्माण गरेपछि सरकारमा जाने आधिकारिक निर्णय गरेको हो। अध्यक्ष नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रमेश हमाल रहेको अन्तरिम स्थायी कमिटीले उक्त निर्णय गरेको बताइएको छ।

दिल्लीमा उपचाररत खनाल जुममार्फत् बैठकमा सहभागी भएका थिए।एकीकृत समाजवादीले सरकारमा सात जना मन्त्री दाबी गरेको ती नेताले बताए।