एकीकृत समाजवादीले सबै मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलायो - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

एकीकृत समाजवादीले सबै मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलायो



काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू फेर्ने निर्णय गरेको छ।

काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको स्थायी कमिटी बैठकले बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकपछि खतिवडाले भने, “उचित समयमा बजेटको काम समाप्त भए पश्चात् नयाँ मन्त्रीहरू सरकारमा पठाउने छौँ।”

बैठकले सत्ता गठबन्धनलाई विगतका कमजोरी सच्याएर निरन्तरता दिने कोसिस गर्ने निर्णय गरेको छ।