नेकपा एसले समानुपातिक भोट माओवादीलाई दिने - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नेकपा एसले समानुपातिक भोट माओवादीलाई दिने



काभ्रे- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाल समाजवादी पार्टीले समानुपतिकतर्फको मत नेकपा (माओवादी केन्द्र)लाई दिने भएको छ।

विहीबार माओवादी केन्द्र काभ्रेका संयोजक भोलाप्रसाद अर्याल र नेपाल समाजवादी काभ्रेका अध्यक्ष कृष्ण भण्डारी (शिशिर)ले समानुपतिकतर्फको मत माओवादी केन्द्रलाई दिने गरी हस्ताक्षरसहित संयुक्त परिपत्र जारी गरेका छन्।

नेपाल समाजवादी पार्टी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनावमा होमिएका छन्।

सोही अनुसार मतदान गराउन मतदातालाई दुवै पार्टीको जिल्ला मातहतको सबै तहगत पार्टी कमिटीहरूलाई पार्टीको सबै गतिविधि एवं कार्यक्रमहरु संयुक्त रुपमा सहभागी भई प्रभावकारी ढंगले सञ्चालन तथा परिचालन गर्न अपिल समेत गरेको छ।

त्यस्तै परिपत्रमा भनिएको छ, ‘निर्वाचनसँग सम्वन्धित सम्पूर्ण गतिविधि सञ्चालन गर्नको लागि दुवै पार्टीको जिल्ला मातहतका वडा तहसम्मका कमिटीहरूलाई संयुक्त बैठक छिटोभन्दा छिटो सम्पन्न गर्ने गराउने निर्णय गरियो।’

संयुक्त हस्ताक्षर कार्यक्रममा दुवै दलका जिल्लासँगै जिल्ला भूगोलमा रहेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य साथै जिल्लाका जिम्मेवार पदाधिकारीहरूको उपस्थिति रहेको थियो।