एमालेसँग गठबन्धन नगर्ने एकीकृत समाजवादीको घोषणा
नेकपा एकीकृत समाजवादीले एमालेसँग मिलेर गठबन्धन नगर्ने बताएको छ । पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफूहरू माओवादीसँगै पछि लागेर बालकोट गएर नयाँ गठबन्धन नगर्ने जानकारी दिए ।
‘हामीसँग सल्लाह नगरि उहाँ बालकोट जानुभएको हो । बालकोट जाँदैमा नयाँ समीकरण र सरकार बन्छ भन्ने ग्यारेन्टी छैन’, उनले भने ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वर्तमान गठबन्धन छाडेर एमालेसँग मिल्न गएपछि एकीकृत समाजवादीका शीर्ष नेताहरूको अनौपचारिक बैठक बसेको छ । बैठकले बालकोट गएर संवाद गर्दैमा एमाले–माओवादी सरकार बन्ने ग्यारेन्टी नभएको निष्कर्ष निकालेको छ