नेकपा (एस)को अर्घाखाँचीमा पनि कार्यलय उद्घाटन, उत्साहजनक उपस्थिति - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

नेकपा (एस)को अर्घाखाँचीमा पनि कार्यलय उद्घाटन, उत्साहजनक उपस्थिति



अर्घाखाँची- नेकपा एकीकृत समाजवादीले अर्घाखाँचीमा पनि पार्टी कार्यलय संचालनमा ल्याएको छ । अर्घाखाँचीको सन्धिखर्कमा कार्यालय उद्घाटन तथा कमिटी रुपान्तरण कार्यक्रम अहिले जारी छ ।

कार्यक्रममा नेता कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । करिब १ हजार जना नेता कार्यकर्ताको उपस्थितिमा कार्यलय उद्घाटन गरिएको छ ।

उद्घाटन र कमिटी रुपान्तरण कार्यक्रममा सोचेभन्दा धेरैको उपस्थिति रहेको र आउने क्रम जारी रहेको अनेरास्ववियू स्थायी कमिटी सदस्य आकाश खनालले जानकारी दिए।

कार्यक्रमको प्रमुख आतिथ्यता डा. बिजय पौडेल गरिरहेका छन् भने केन्द्रिय सदस्य जालपा भुसाल युवा नेताहरू राजु गुरुङ, मोहन गौतमलगायत सहभागि छन् ।