चार कारणले चुनाव हारेको एकीकृत समाजवादीको निश्कर्ष - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

चार कारणले चुनाव हारेको एकीकृत समाजवादीको निश्कर्ष



नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको चुनाव हार्नुको कारण पहिल्याएको छ । पार्टीले सोचेजस्तो परिणाम नआउनुका चार कारण पहिचान गरेको छ।

मंगलबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा समीक्षात्मक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष माधवकुमार नेपालले चुनावको समीक्षात्मक विश्लेषण सुनाएका हुन्।

नेता नेपालका अनुसार संगठन सुदुढीकरण हुन नसक्नु, गठबन्धनको कारण सबै पार्टी पङ्ति क्रियाशील हुन नसक्नु, गठबन्धन भरपर्दाे नहुनु र धेरै मत बदर हुनु पराजयका कारण हुन्।

स्थानीय चुनावमा सोचेजस्तो नतिजा नआउनुमा हाम्रो संगठन सुदृढीकरण भइसकेको थिएन,’ अध्यक्ष नेपालले बैठकमा सुनाए, संगठन बने पनि सबैतिर राम्रोसँग हाम्रो एजेण्डा पुर्याउन सकेनौं।’

अध्यक्ष नेपालले गठबन्धन भनेकाले नेता र कार्यकर्ताले व्यक्तिगत रुपमा सक्रियता देखाउन नसकेको पनि विश्लेषण गरे। उनले बैठकमा भने, ‘सबै पार्टी पंक्ति गठबन्धनको भर परेर बस्यो, आफ्नै तयारीमा लागेन। गठबन्धनको मात्र भर गर्दा धोका पाइयो।’

एकीकृत समाजवादीले गठबन्धन भरपर्दाे हुन नसकेको जनाएको छ। पहिलोपटक स्थानीय तहको समीक्षा गरेको समाजवादीले मुख्यगरी कांग्रेस र माओवादी केन्द्रबाट भरपर्दाे साथ नपाएको जनाएको छ।

मंगलबार सुरु भएको बैठकमा ७ प्रदेशका इञ्चार्जहरुले चुनावको रिपोर्टिङ गरेका थिए।

अध्यक्ष नेपालले समीक्षात्मक राजनीतिक प्रतिवेदन पेश गर्दै धारणा राखेका थिए भने सम्मानित नेता झलनाथ खनाल पनि बोलेका थिए।