एनसेल टावरमाथि छानी-छानी आक्रमण - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

एनसेल टावरमाथि छानी-छानी आक्रमण



काठमाडौं – झापाका ३ वटा स्थानमा रहेका एनसेल टावरमाथि एकैपटक आक्रमण भएको छ । झापाको भद्रपुर र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिष्फोट भएको छ ।

राति एक्कासि एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीका अनुसार यसअघि पटकपटक नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले एनसेललाई सरकारले करको दायरामा ल्याउन माग गर्दै आक्रमण गर्ने गरेकाले यसपटक पनि सोही पार्टीको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ ।

यसैबीच काभ्रेको बनेमा पनि मंगलबारराति बम विस्फोटको आवाज सुनिएको छ ।