विप्लव समुहद्बारा कैलालीको एक एनसेल टावरमा आगजनी - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

विप्लव समुहद्बारा कैलालीको एक एनसेल टावरमा आगजनी



कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीमा एक एनसेल टावरमा आगजनी गरेको छ । धनगढी उप–महानगरपालिको -६ जालीमा रहेको एनसेल टावरमा गए राति आगजनी गरिएको हो ।

बुधवार राती सवा १२ बजेको समयमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागी भएको स्थानमा पर्चा पम्पेलेट केही नभेटिए पनि विप्लव समूहले आगजनी गरेको प्रहरीले आशङ्का गरेको छ । गेटको ताला काटेर टावरमा आगजनी गरिएको हुँदा टावरका व्याट्रीहरु जलेको प्रहरीले जनाएको छ ।

एनसेल टावरमा आगजनी भएको खबर पाएपछि प्रहरी तत्काल घटना स्थलमा पुगेको थियो । प्रहरी तत्काल घटनास्थलमा पुगेपछि बढी क्षति हुन नपाएको हो । फाइल तस्वीर :