डेढ अर्व घोटालाको आरोपमा एनसीसी बैंकका ४० अधिकृत पक्राउ - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

डेढ अर्व घोटालाको आरोपमा एनसीसी बैंकका ४० अधिकृत पक्राउ



एनसीसी बैंक (नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड) का चार दर्जन अधिकृत केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीको नियन्त्रणमा परेका छन्।

 बैंकमा डेढ अर्व रुपैयाँ बराबरको घोटाला गरेको आरोपमा एनसीसीका विभिन्न बैंकमा कार्यरत सीइओसहितका चार दर्जन लोन अधिकृतहरुलाई सीआईबीले नियन्त्रणमा लिएको हो।

यसअघि एनसीसी बैंकमा मर्ज भएको एएपेक्स डेभलोपमेन्द बैंक कार्यरत रहेका उनीहरुलाई पक्राउ परेका हुन्। उनीहरुले बैंकमो एक अर्व ३० करोड रुपैयाँ हिनामिना गरेको आरोप छ।

कर्जा दिने क्रममा तोकिए भन्दा दोब्बर बढी रकम निकासा गरी उनीहरुले घोटाला गरेको आरोपमा सीआइबीले पक्राउ गरेको हो। सीआईबीले पक्राउ गर्नुअघि एनसीसी बैंकको बागबजारमा रहेको केन्द्रीय कार्यालयमा बोर्ड बैठक बसेको थियो।