एनसीसी बैंकमा सिआइबीको छापा, ४० भन्दा बढी उच्च अधिकृत पक्राउ - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

एनसीसी बैंकमा सिआइबीको छापा, ४० भन्दा बढी उच्च अधिकृत पक्राउ



प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एनसीसी बैंक (नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड) को केन्द्रीय कार्यालय बागबजारमा शुक्रबार बोर्ड बैठक बसेको बेलामा छापा मारेको छ ।

ब्युरोले बैंकका ४० भन्दा बढी उच्च अधिकृतलाइ पक्राउ गरेको छ । केही समयअघि एनसीसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि सिआइबीले बैंकका ऋण अधिकृतसहितका अधिकारीहरुलाई नियन्त्रणमा लिएको हो ।

ब्युरोले मर्ज भएका बैंकहरुका अधिकारीमार्फत करिब २ अर्ब रुपैयाँ बराबरको घोटाला भएको प्रारम्भिक अनुसन्धानमा भेटिएपछि शुक्रबार बोर्ड बैठकमै छापा मारेको हो । ब्युरोका एसएसपी घनश्याम अर्यालका अनुसार बैंकमा ब्युरोका अधिकारीले अनुसन्धान गरिरहेको मात्र बताए । केही समयमा विस्तृत विवरण ब्युरोले सार्वजनिक गर्दैछ, उनले भने । ktmtoday