नायक सुदीप लामा भन्छन 'मेरो चलचित्रले राम्रो सफलता हात पार्ने छ'(भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

नायक सुदीप लामा भन्छन ‘मेरो चलचित्रले राम्रो सफलता हात पार्ने छ'(भिडियो सहित)



समिर प्रकाश पाण्डे

कलाकारिता क्षेत्रमा आफूलाई स्थापित गर्न लागिपरेका नायक तथा निर्माता सुदीप लामा जसले आदा दर्जन म्युजिक भिडियोमा काम गरी सकेका छन् यतिखेर नायक तथा निर्माता सुदिप लामा सङ्खुवासभा छन्।

युवा निर्देशक घनश्याम तिमल्सिना एन्टिनाले निर्देशन गर्न लागेको पत्रकार सरोज कोइरालाको गीतको म्युजिक भिडियोको छायांकन र हालै छायांकन को तयारीमा रहेको तामाङ्ग चलचित्रको लोकेशन हेर्नको लागी विगत १ हप्तादेखि सङ्खुवासभा छन्। उक्त चलचित्र बिधिन्न हिमाली भेगमा छायांकन गरी देश तथा विदेशमा प्रदर्शन गर्ने र चलचित्रले राम्रै सफलता मिल्ने नायक सुदिपले हामीलाई जानकारी दिनुभएको छ।

हालै छायांकन भइरहेको गीतमा सुदिप लामा र सजना राईको अभिनय रहेको छ भने उक्त गीतमा एन्टिनाले कसियस डान्स क्लबलका निर्देशक कसियस कुलुङ्गलाइ डान्स कोरियोग्राफर बनाएका छन्। कसियस क्लबका एक दर्जन बिधार्थीका साथ सुटिंग भइरहेको र गीतको भिडियो दमदार बन्ने निर्देशक एन्टिनाले बताए ।