नयाँ शक्ति र फोरमसँग पार्टी एकता गर्ने मुडमा प्रचण्ड - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नयाँ शक्ति र फोरमसँग पार्टी एकता गर्ने मुडमा प्रचण्ड



काठमाडौं । पछिल्लो समय एमाले–माओवादी एकताबारे चर्चा कम हुन थालेको छ । दुई दलबीच तुलनात्मक रुपमा चिसिएको सम्बन्धका कारण पार्टी एकताको चर्चा पनि कम हुन थालेको हो ।

केहीदिन अघि माओवादी नेता देव गुरुङले ‘एमाले अध्यक्ष ओली नै पार्टी एकता नगर्ने मुडमा रहेको’ बनाएपछि दुई दलबीच चिसिएको सम्बन्ध सतहमा आएको हो ।

यससँगै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले गरेको एउटा ट्वीटका कारण माओवादी बैठकमै हंगामा भयो । मे १ मजदुर दिवसका दिन राष्ट्रिय सभागृहमा देखिएको माओवादी लडाकुहरुको वितण्डा र पछिल्लो समय चर्चामा आएको प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीट प्रकरणपछि पार्टी एकताको कुरा भन्दा पनि माअ‍ोवादी नेताहरुको असन्तुष्टिले समाचार माध्यमहरुमा प्राथमिकता पाउन थालेको छ ।

केही समययता विकसित घटनाक्रमपछि नेकपा एमाले र माओवादीबीचको पार्टी एकताको अनपेक्षित मोड लिएको हो ।

खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेरिएको व्यवहारका कारण एकता प्रक्रिया अन्योलमा परेको छ ।

प्रचण्डलाई एकतातिर एकता मिति चाँडै घोषणा हुन्छ भन्ने र अर्कोतिर बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतलाई पार्टी एकताको लागि आह्रवान गरेका छन् ।

यहाँनिर अर्को उल्लेख्य पक्ष के छ भने आफ्नो स्वार्थमा उपेन्द्र यादवलाई प्रयोग गर्न र ओलितिर ढल्किन नदिन विदेशी शक्तिको ईशारामा उनले यो खेल खेल्दै छन् ।

बाबुराम र उपेन्द्रसँगको बैठक उनले श्यामशरणसँग डेढ घन्टा वार्तापछि गरेकाले पनि बाम एकता शंकाको घेरामा भुझिन्छ । दृष्ट्रि साम्ताहिकमा विश्लेषण छ ।