नयाँ शक्तिका संयोजक पनि कांग्रेसमा प्रवेश - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

नयाँ शक्तिका संयोजक पनि कांग्रेसमा प्रवेश



पर्वत । नयाँ शक्तिका पार्टी नेपालका पर्वत जिल्ला संयोजक नन्दलाल डुम्रे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस महामन्त्री शशांक कोइरालाले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

नेपाल शिक्षक संघ पर्वतले हुवासमा आयोजना गरेको प्रतिनिधि सभा सदस्य सम्मेलन र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महामन्त्री कोइरालाले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेशपछी डुम्रेले भने, “आज म भावुक र खुशी छु । साहसको कदम उठाएको छु । पक्कै पनि कांग्रेसको छायाँले मलाई जनताको सेवा गर्ने अवसर दिनेछ । डा बाबुराम भट्टराईलगायत कार्यकर्ताले आश्वासन दिएर नयाँ शक्तिमा आबद्ध भएं तर मलाई विचार मनपरेन र काम पनि दिइएन, नाम मात्रको संयोजक बनाइयो । अब अरु साथीहरु पनि आउनुहुन्छ ।”

देशमा तीन तहको निर्वाचन, समावेशी संविधान निर्माण गरेको र जनताले विश्वास गरेको पार्टी कांग्रेस भएको कारण प्रवेश गरेको उनले बताए ।