नयाँ शक्तिबाहेक अन्य पार्टीसँग एकता हुदैन :यादव - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

नयाँ शक्तिबाहेक अन्य पार्टीसँग एकता हुदैन :यादव



काठमाडौं– संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ शक्तिबाहेक अन्य पार्टीसँग एकता हुने हल्लामात्र भएको बताएका छन् ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सहित अन्य चार पार्टीसँग एकता हुने भन्ने हल्ला मात्र भएको उनले बताए ।

विराटनगरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै यादवले राजपालगायतका अन्य चार दलसँग एकताकोलागि प्रारम्भिक छलफलसमेत नभएको प्रस्ट पारे ।

‘नयाँ शक्ति पार्टीसँग एकता प्रक्रिया बढिरहेको छ,’ उनले भने, ‘तर, अन्य पार्टीसँग पनि छलफल भयो भन्नु हल्ल मात्र हो ।’

नयाँ शक्ति पार्टीसँगको एकता प्रकृया अझै निष्कर्ष नपुगेको उनले बताए । उनले दुई नम्बर प्रदेशमा सरकारको समिकरण फेरबदल हुने कुरा पनि निराधार भएको स्पष्ट पारे ।