एकताको हप्ता नबित्दै नयाँ लफडा, झलनाथले सुरु गरे प्यानल - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

एकताको हप्ता नबित्दै नयाँ लफडा, झलनाथले सुरु गरे प्यानल



नेपाल कम्युनिष्ट पार्टीको चौँथो वरियताका नेता झलनाथ खनालले आफूलाई दिइएको वरियताप्रति असन्तुष्टी जनाएका छन् । नेता खनालले आजै पार्टी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो असन्तुष्टी व्यक्त गर्ने बताइएको छ ।

खनालले माधव नेपालभन्दा तल पारिएको वरीयता अस्वीकार गरेका हुन् । तत्कालीन एमालेका अध्यक्ष केपी ओली र माधव नेपालको मिलेमतोमा आफूविरुद्ध षडयन्त्र गरिएको खनालको आरोप छ ।

पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालीन पार्टी एकता संयोजन समितिका सदस्य खनालले जानाजान आफ्नो अनुपस्थितमा पार्टी एकता गरिएको गुनसोसेमत गरेका छन् ।

पार्टी एकता हुँदा चीनमा रहेका खनालले एकता हुने अघिल्लो दिन केपी ओलीलाई चीन जान लागेको बताउँदा पनि एकताको जानकारी नदिइएको बताए ।

आफू स्वास्थ्य उपचारका सिलसिलामा चीन गएको खनालले बताएका छन् ।

खनालको पक्षमा इश्वर पोखरेल र भीम रावलसमेत उभिएको बताइएको छ । एकतापछिको नेता व्यवस्थापनप्रति पोखरेल र रावलसमेत असन्तुष्ट छन् ।

तत्कालीन एमालेमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग समदूरीमा रहेर काम गरेका रावल प्रभावशाली भूमिकामा थिए । माधव नेपाल प्यानलबाट उपाध्यक्ष जिते पनि रावल ओलीको मन जितेर बसेका थिए । तर पार्टी एकीकरण प्रक्रियामा बाइपास गरिएको भन्दै असन्तुष्ट बनेका छन् ।

नेकपाको ९ सदस्यीय हाइकमाण्ड बन्दा पनि उनी नपरेपछि ओली र माधव नेपालसँग आपत्ति जनाएका थिए । केन्द्रीय सदस्य मनोनयनमा समेत आफूले भनेका मान्छे नपरेपछि रावलले सूची सच्याउन चेतावनी दिएका हुन् ।

यो पनि:—

झलनाथले भने: म माथि अन्याय भयो पार्टी फुट्न सक्छ !