आजै नयाँ मन्त्रीको नियुक्ति, शेखर समूहले पनि नाम पठाउने - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

आजै नयाँ मन्त्रीको नियुक्ति, शेखर समूहले पनि नाम पठाउने



काठमाडौं- सरकारमा सहभागी मन्त्रीहरुको नामावली टुंगो लगाउन कांग्रेसका नेता शेखर समूहको बैठक बसिरहेको छ ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहानदेखि बैठक बसिरहेको छ । सो समूहले तीनजना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको छ ।

त्यसमध्ये धनराज गुरुङ, डिगबहादुर लिम्बु, जीवन परियार र बद्री पाण्डेमध्ये कुनै तीनजनाको सम्भावना रहेको स्रोतले जानकारी दियो ।

त्यसैगरी कांग्रेस सभापति देउवाले पनि निवासमा आफू निकटका नेताहरुसँग अहिले छलफल गरिरहेका छन् ।सो समूहबाट एनपी साउद र मोहन बस्नेत मन्त्री बनाउने तयारी छ ।

त्यस्तै सुरेन्द्र आचार्यको पनि सम्भावना रहेको स्रोतले जानकारी दियो । त्यस्तै प्रधानमन्त्री दाहालले कांग्रेसका तर्फबाट सहभागी हुने नाम प्राप्त गरे आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।