महाथिरले थपे १० जना नयाँ मन्त्री - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

महाथिरले थपे १० जना नयाँ मन्त्री



बिहीबार निर्वाचित मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले शुक्रबार १० जना नयाँ मन्त्री थपेका छन्।

उनले विपक्षी गठबन्धनको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिएका थिए। उनले पहिलो पटक तत्काल नियुक्ति गनुपर्ने मन्त्रीहरुको नामावली हिजो नै दिएका र शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका हुन्।

शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री माहाथिरले अर्थ, गृह, शिक्षा, बहुसञ्चार, विज्ञान र सार्वजनिक सडक मन्त्रीको नाम पेश गरेका थिए। सोहि मुताविक शुक्रबार मन्त्रिमण्डलमा विस्तार गरिएको हो।

आफूले ठूलो संख्याको मन्त्रिमण्डल नचाहेको तर केही मन्त्रीहरुको भने आवश्यकता भएकोले तत्कालै विस्तार गरिएको प्रधानमन्त्री माहाथिरले बताए।

यसअघिका प्रधानमन्त्री नजिव रजाकको सरकारमा धेरै मन्त्रीहरु रहेका तथा भ्रष्टाचार बढेको भन्दै निकै आलोचना भएको थियो ।

आफूले चुस्त सरकार निर्माण गर्ने र पारदर्शिता र सुशासन कायम गर्ने जानकारी प्रधानमन्त्री महाथिरले सो पत्रकार सम्मेलनमा दिएका थिए। रासस/सिन्ह्वा