नवज्योतिको ११ औं वार्षिक साधारणसभा सम्पन्न - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

नवज्योतिको ११ औं वार्षिक साधारणसभा सम्पन्न



कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका- ६ जगतपुर स्थित नवज्योति ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अमर सिंह डगौराको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरीया गाउँपालिका वार्ड नं ६ का वडा अध्यक्ष राम कृष्ण डगौरा रञ्जित रहनु भएको थियो विशिष्ट अतिथिमा गोचालि कृषि सहकारी तथा जम्नेहेता सामुदायीक बनका अध्यक्ष लौटन डगौरा रहनु भएको थियो ।

संस्थाको सदस्य तथा भलमन्सा शिवलाल चौधरीको स्वागत मन्तब्य सँगै सुरु भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष लोक बहादुर चौधरीले आर्थिक वर्ष २०७५/०७६ को ८ लाख ९ हजार ६ सय ७१ रुपैयाँ ५७ पैसा बराबरको कुल आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष चौधरीले ग्रामिण विद्युत सहकारी संस्थाले समाजमा रहेका विभिन्न विकास निर्माण क्षेत्रमा मुख्यतया बाटो निर्माण तथा अन्य गरीब तथा जेहेन्दार विद्यार्थी लाई शैक्षिक क्षेत्रमा जोडिएर पनि सहयोग गर्नु पर्ने जोड दिनु भयो ।

कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, शिक्षक, अजनितिक दल लगायत आम उपभोक्ता तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो, कार्यक्रममा नियमित विद्युत महसुल बुझाउन २२ जना नियमित ग्राहकलाई भित्ते घडी उपहार समेत प्रदान गरेको थियो कार्यक्रमको सञ्चालन हरेन्द्र चौधरी ले गर्नु भएको थियो ।