नेपाल प्रहरीबाट नवराज सिलवालको राजिनामा (बिज्ञप्ति सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेपाल प्रहरीबाट नवराज सिलवालको राजिनामा (बिज्ञप्ति सहित)



काठमाडौं :

सर्वोच्च अदालतले रिट खारेज गरे लगत्तै नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले नेपाल प्रहरीबाट राजीनामा दिएका छन् । उनले प्रहरी महानिरीक्षक हुनुपर्ने दाबी गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएपछि सिलवालले प्रहरी सेवाबाट राजीनामा दिएका हुन् ।

सिलवालले आफू अन्यायमा परेकाहरुको आवाज बनेको दाबी गर्दै लेखेका छन्  ‘अन्यायमा पर्दा जीवन कस्तो पीडादायक हुँदो रहेछ भन्ने अनुभूतिको आधारमा पनि म अन्यायमा परेका तमाम नागरिकको एउटा शसक्त आवाज बन्ने कोशिस गर्नेछु’,

उनल अन्त्यमा लेखेका छन्  ‘आजैका मितिदेखि नेपाल प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दछु । धन्यवाद ! जय नेपाल ।