प्रदेशको नाम जातीय पहिचानका आधारमा राख्न माग
नवलपुर । आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले आदिवासी जनजातिको मुख्य अधिकार अझै प्राप्त नभएकाले आन्दोलन धाल्नुको विकल्प नभएको बताएका छन् ।
नवलपरासीको कावासोतीमा आदिवासी जनजाति महासंघ नवलपुरले आयोजना गरेको नवलपुर स्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उहाँले आदिवासी भने काग तिहार, कुकुर तिहार, आदि आदिमा विदा दिइन्छ तर आदीवासी जनजातिका चाडपर्वहरुमा विदा दिइदैन यही निर विभेद भएको छ ।
उनले संविधानमा सबै जतजातिहरुले आफ्नो सांस्कृतिक पर्व मनाउन पाउने संस्कृतिको संरक्षण गर्न पाउने भनिएपनि त्यो कार्यान्वयनमा नआएको बताए ।
प्रदेश र स्थानीय सरकार गठन पछि प्रदेश र स्थानीय सरकार संचालनका लागि प्रदेश र स्थानीय सरकारले बनाउने कानुनमा आदिवासी जनजातिका हक अधिकार समेट्नका लागि आदिवासी जनजाति महासंघले थालेको देशव्यापी अभियानको क्रममा आज नवलपुरमा पनि कार्यक्रम गरेको हो ।
त्यस्तै आदिवासी जनजाति महासंघका केन्द्रि उपाध्यक्ष गोविन्द छन्त्यालले आदिवासी जनजाति पटक पटक अरुको लागि लडे सहित भए तर अब आफ्नो लागि लड्ने बेला आएको बताए ।
आदिवासी जनजातिहरु जहाँ जुट पार्टीमा रहे पनि अब पार्टी भन्दा माथि उठेर जनजाति आन्दोलनमा लाग्नु पर्नेमा जोड दिए।
आदिवासी जनजाति महासंघले प्रदेशहरुको नामकरण गर्दा जातीय पहिचानको आधारमा राख्नु पर्ने, प्रदेश र स्थानीय सरकारहरुमा त्यहाँका जतजातिको बाहुल्यता रहेर सरकारी कामकागको भाषामा मातृभाषा पनि प्रयोग गरिने गरी निर्णय हुनु पर्ने लगायतका माग राख्दै अभियान थालेका हुन् ।
रामबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका संयोजक चेसराम आले, कावासोती नगरपालिकाका मेयर चन्द्राकुमारी पुन, मध्यविन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर राना, देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ लगायतको समेत सहभागिता रहेको थियो ।