लागुऔषध प्रयोग गर्दा बढ्दो - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

लागुऔषध प्रयोग गर्दा बढ्दो



हिमाल पाेष्ट/ नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पूर्व अर्थात नवलपुर जिल्लामा लागू औषध प्रयोगगर्दाको संख्या बढेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले सार्वजनिक गरेको पछिल्लो ४ बर्षको तथ्यांकमा यो पाइएको हो ।

विहीबार कावासोतीमा आयोजित लागू औषध नियन्त्रण सम्बन्धी प्रशिक्षणमा जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो आर्थिक बर्षको ७ महिनामा मात्रै नवलपुरमा लागू औषधको मुद्दामा ३४ जना पक्राउ परेका छन् ।

प्रहरी उपरीक्षक दिपेन्द्र जिसीका अनुसार आर्थिक बर्ष २०७१÷०७२ मा ४ जना, ०७२।०७३ मा १६ जना, ०७३।०७४ मा ३९ जना र ०७४÷०७५ को ७ महिना ३४ जना पक्राउ परेका हुन् ।

त्यस्तै पक्राउ पर्ने मध्ये अधिकांश १६ देखि २५ बर्ष उमेर समूहका रहेको जिसीले बताए । उनले लागू औषधको कुलतमा फसेपछि अधिकांश सुधार केन्द्रमा गएपनि कोही कोही सुधार भएर फर्किए पनि अधिकांश लागू औषधको कुलतमै फेरि फस्ने गरेको पाइएको समेत बताए ।

उनले नेपाल भारत खुल्ला सीमाना, भारतमा नेपालमा प्रतिबन्धित औषधि सजिलै पाइने आदि कारणले गर्दा यो समस्या भएको बताए ।

पक्राउ परेका मध्ये केही नवलपुरकै भएपनि अधिकांश चितवन, पोखरा, लमजुङ्गको रहेको बताए । नवलपुरलाई लागू औषध प्रयोग कर्ताहरुलाई ओसारपसारको ट्रान्जिट प्वाइन्टको रुपमा प्रयोग गरेको उनले बताए ।

धेरै जसौ साथी भाईको लहै लहैमा कुलतमा फस्ने गरेको पाइएकोले अभिभावकहरुले विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा गृह मन्त्रालयका लागू औषध नियन्त्रण शाखाका प्रमुख कृष्णप्रसाद शर्माले लागू औषधको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

प्रशिक्षणको क्रममा कृष्णप्रसाद शर्माले लागू औषधका कारण नेपालबाट बर्षेनी ३० देखि ४० अर्ब रुपैयां बाहिरिने गरेको डरलाग्दो तथ्यांक प्रस्तुत गरेका थिए ।