ठाढी घाटमा संचालन गरिएको मेला सम्पन्न - Himal Post Himal Post
  • २७ पुष २०८२, आईतवार
  •      Sun Jan 11 2026
Logo

ठाढी घाटमा संचालन गरिएको मेला सम्पन्न



नवलपरासी : नवलपरासी जिल्लाको सुस्ता गाउपालीका वाडा न.५ पक्लिहवाको ठाढी घाटमा संचालन गरिएको मेला सम्पन्न भएको छ।
मेलाका विशेष आकर्षक रहेको बिराट दंगल कुश्ती प्रतियोगीताके प्रथम उपाधी कसैलै हाथ पार्न सकेन।प्रथम पुरस्कारको लागी ओम प्रकास पहलवान भारतको गाजियाबाद बाट शैलेस पहलवान महराजगंज बिच प्रतिस्पर्धा भएको थियो ।

स्पष्ट जित कसैको नभएपछी दुबै संयुक्त विजेता बनेका थिए। भने दितृयमा मन्जेस पहलवान भने तितृयमा तुफानी पहलवानले हाथ पारेका छन प्रथम हुनेलाई एक मुस्ट ६ हजार दितृय हुनेलाई ४ हजार एक थान टि.भी. तितृय हुनेलाई २ हजार एक थान साईकल प्रदान गरिएको थियो ।बिराट कुश्ती दंगल परतियोगीतामा कुल ४२जोडी प्रतिष्पर्धा गरेका थिए।सुस्ता गाउपालीका वार्ड न. ५ का वाडा अध्यक्ष प्रभुनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रम मा नेपाली काग्रेस क्षेत्र नं. ६ का पुर्व सांसद एवम् नवलपरासी जिल्ला बर्दघाट पश्चिम निर्वाचन क्षेत्र न. १ का प्रतिनिधि सभाका उम्मेदवार देवकरण प्रसाद कलवार (संन्तु)को प्रमुख अथित्यता रहेको थियो ।

सो अवसरमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कुमार आले ,नेपाली काग्रेसका युवा नेता उमेश चन्द्र यादव, मुकुल अचार्य ,ओम प्रकाश जैसवाल ,केवी थापा, लागायतको उपस्थिती रहेको थियो।

आउने दिनमा थाडिघाट धाम मेलालाई अझै ब्यवथस्थित बनाउनु पर्नेमा सभासद कलवारले जोड दिए । एतिहासिक एवं पर्यटकिय क्षेत्र नारायणीनदिको किनारमा कार्तिक पुर्णिमाका दिन लाग्दै आएको मेलामा नेपाल भारत र बिहार बाट करिब १ लाख भन्दा बढि श्रद्धालुभक्तहरु दर्शन गर्न आएको मेला ब्यवस्थापन समिति ठाडि घाटले दावी गरेको छ ।

नारायणी नदिमा स्नान र स्नान पश्चात त्याहा निर्माण शिव मन्दिरमा पुजा गरेपछि मनोकामना पुरा हुने विश्वास गरिएको छ ।