नौ जिल्लाका सीडीओ फेरिए, हुमकला पाण्डेलाई काभ्रे पठाइयो - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

नौ जिल्लाका सीडीओ फेरिए, हुमकला पाण्डेलाई काभ्रे पठाइयो



काठमाडौं- गृहमन्त्रालयले ६ सहसचिव र ३ उपसचिवसहित नौ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।

सरुवा भएका सहसचिवहरु हुमकला पाण्डेलाई काभ्रेमा, विपिन आचार्यलाई सल्यानमा, सुमन घिमिरेलाई नवपरासी सुस्तापूर्वमा सीडीओको जिम्मेवारी दिएको छ । त्यस्तै, सहसचिव सुरेन्द्र पौडेललाई धनुषाको प्रजिअ बनाइएको छ ।

त्यस्तै सहसचिवहरु बन्धुप्रसाद बास्तोला र श्रीराम पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ । उपसचिवतर्फ रामहरी शर्मालाई भने कालिकोटको प्रजिअ बनाइएको छ ।

केही दिनयता गृह मन्त्रालयले उपसचिव, सहसचिव र प्रमुख जिल्ला अधिकारीहरुको धमाधम सरुवा गर्दै आएको छ ।