छ वर्षीया नातिनी र हजुरबुवाको ट्रिपरले ब्याक गरेर लियो ज्यान

काठमाडौं- गए राति ट्रिपरले टेम्पोलाई ठक्कर दिदा बालिकासहित दुई जनाको मृत्यु भएको छ ।
विराटनगर १९ मिलनचोकस्थित झोराहाट सडक खण्डमा दुर्घटनापछि स्थानीयले ट्रिपरमा आगजनी गर्नुका साथै रातभर सडक जाम गरेका छन् ।
राति साढे ९ बजेतिर दुर्घटना हुँदा ग्रामथान–२ का बाबुराम सरदार (४५) र उनकी नातिनी ६ वर्षीया सबिताको ज्यान गएको हो ।
को १ ख २९१७ नम्बरको ट्रिपरलेले प्रदेश १–००२ ह ८६०६ नम्बरको टेम्पोलाई ठक्कर दिदा सोही टेम्पोका चालक सरदार र सँगै बसेकी नातिनीको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनापछि ट्रिपरले ब्याक गरेर किचेको स्थानीयले बताएका छन् । दुर्घटना पछि स्थानीयले प्रर्दशन गरेका थिए ।
दुर्घटनापछि भागेका चालक सुनसरी रामधुनी ५ का हरेराम चौधरी प्रहरी कार्यालयमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष बद्रीनारायण सरदारको नेतृत्वको टोलीले चालकको स्वास्थ्य परिक्षण गराई कारवाही गराउने प्रहरीसँग सम्झौता गरेपछि राति १ बजेपछि सडकबाट शव उठाइएको सशस्त्र प्रहरी निरीक्षक प्रेम सिग्देलले बताए ।

