कक्षा १२ को नतिजा आज ,सबै विषयको एकैपटक सार्वजनिक हुने - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

कक्षा १२ को नतिजा आज ,सबै विषयको एकैपटक सार्वजनिक हुने



काठमाडौं । कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरिएको छ । यो वर्ष कक्षा १२ को परीक्षामा चार लाख बढी विद्यार्थी सहभागी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आज बोलाएको बैठकपछि नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । बोर्डले सबै विषयको परीक्षाफल आज एकैपटक सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसअघि विज्ञान र अन्य संकायको फरक फरक समयमा नतिजा सार्वजनिक हुने भए पनि यसपल्ट भने एकैपल्ट सार्वजनिक गर्न लागिएको छ ।