वैदेशिक रोजगार विभागका नासु घुससहित रङ्गेहात पक्राउ - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

वैदेशिक रोजगार विभागका नासु घुससहित रङ्गेहात पक्राउ



काठमाडौं– वैदेशिक रोजगार विभाग काठमाडौंका नायव सुब्बा (नासु) घुस रकमसहित पक्राउ परेका छन् ।

वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका व्यक्तिलाई पक्राउ पूर्जि जारी गरिदिन्छु भनेर धम्की दिएर घुस लिने नायव सुब्बा रामकुमार फुयाँल पक्राउ परेका हुन् ।

पूर्वसूचना र उजुरीका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फुयाँललाई ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।