३ लाख घुस सहित उच्च अदालत बाँकेमा कार्यरत नायव सुब्बा पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

३ लाख घुस सहित उच्च अदालत बाँकेमा कार्यरत नायव सुब्बा पक्राउ



काठमाडौं– तीन लाख रुपैयाँ घुस रकमसहित उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलास बाँकेमा कार्यरत एक नायव सुब्बा पक्राउ परेका छन्।

टाइपिस्ट नासु कृष्णकुमार पाठक अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गर्ने भन्दै घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो।

उनलाई सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा चारबाहिनी चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।