डेटमा छिन् त ? नरगिस ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

डेटमा छिन् त ? नरगिस !



अभिनेत्री नरगिस फाखरीको लोकप्रियता बढ्दो छ । यद्यपि उनी हाल कुनै चलचित्रको काममा व्यस्त छैनन् । नरगिसको रोमान्सको खबर भने लगातार गसिपमा छ । पछिल्लो क्रिसमसपछि उनले हलिउडका म्युजिक भिडियो निर्देशक म्याट एलोनजोका साथ आफ्नो एउटा तस्बिर सामाजिक सञ्जालमा राखेकी थिइन् ।
उक्त तस्बिर हेरेपछि धेरैलाई लाग्यो, नरगिसले प्रेमी फेला पारिन् ।

तस्बिर राखेको केही महिनापछि उक्त खबर वास्तवमै सबैले पुर्वानुमान गरेजस्तै साँचो ठहर भएको छ । अहिलेसम्म उनीहरूको सम्बन्धलाई लिएर अनुमान मात्र चलिरहेको थियो ।हालै नरगिसले सोसल मिडियामा एउटा तस्बिर सेयर गरेकी छिन्, जहाँ नरगिसले खोपेको ट्याटु देख्न सकिन्छ । उक्त ट्याटुमा उनले आफ्नो प्रेमीको नामको पहिलो अक्षर लेखेकी छिन् ।

– एजेन्सी