गृहमन्त्री बादलका भाइ पनि परे खोरमा - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

गृहमन्त्री बादलका भाइ पनि परे खोरमा



काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलका भाइ नरेश थापाले डिल्लीबजार कारागारमा पुगेर आत्मसमर्पण गरेका छन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने मुख्य अभियुक्त समिरमानसिंह बस्न्त्यातसँग नरेशको फोन सम्पर्क र भेटघाटपछि उनी विवादमा तानिएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्दा नरेशको सम्पर्क बस्न्त्यातसँग रहेको रहस्य खुलेको थियो ।

फिरौती असुलीमा धम्की दिएको आरोपमा पक्राउ परेका नरेश नगरकोटी र पवन खड्कासँग समेत नरेशको भेटघाट र सम्पर्क देखिएको थियो ।

ब्यूरोले नरेशलाई समेत प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेपनि उनी छुटेका थिए । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई थुनामा राख्न आदेश गरेको थियो ।

अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भदौ अन्तिम साता उनलाई पक्राउ गरेको थियो ।

फरार हुँदै आएका नरेशले गत सोमबार आफैं कारागारमा आत्मसमर्पण गरेको जानकारी डल्लीबजार कारागारले जनाएको छ ।