नरेश जोगिको "नाच बसन्ती नाच " सार्वजनिक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नरेश जोगिको “नाच बसन्ती नाच ” सार्वजनिक



विशाल पाण्डेय / सुखड,कैलाली ।
थारु गीत संगीतको क्षेत्र बाट एकाएक चर्चामा आएका गायक तथा मोडेल हुन् कैलालीका नरेश जोगी ।

विभिन्न थारु तथा नेपाली गरि २ दर्जन भन्दा बढी गितहरु सार्वजनिक गरेका नरेशको ओइ झुमा , फ्यान भगवान् , तु प्यार मोरे , लभ्ली २ तथा तुल्सिपुर बजारमे लगायतका गितहरुले चर्चा पाइसकेका छन् ।

यसै क्रममा नरेशले ” नाच बसन्ती नाच ” बोलको नयाँ थारु गित आफ्नो युट्युव च्यानल मार्फत शुक्रबार सार्वजनिक गरेका छन् ।

शब्द संगित नरेशकै रहेको उक्त गितमा नरेशलाई फुलमती चौधरीले स्वरमा साथ दिएकी छिन् ।

शिशिर चौधरीको सम्पादन रहेको गितमा एरेन्ज विशाल निरौलाले गरेका छन् ।

यस्तै युवा पुस्ताले रुचाउने खालको डान्सिङ्ग गित रहेको बताउदै गायक नरेशले गितको म्युजिक भिडियो पनि चाडै नै बजारमा ल्याउने तयारी गरिरहेको हिमाल पोस्टलाई बताए ।

गित सुन्नको लागि तलको लिन्क खोल्नु होला:

https://youtu.be/PUlD-JjE19g