नरेश जोगीको तुल्सिपुर बजार मे सार्बजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

नरेश जोगीको तुल्सिपुर बजार मे सार्बजनिक(भिडियो सहित)



ललित जाग्री / कैलाली ।
नरेश जोगी सबैको मनमा बस्न सफल एक नाम हो ।आजभोली नरेश जोगी गायन संगै फेरि म्युजिक भिडियोमा जम्ने र निरन्तरता दिने पक्का भएको छ । ओए लभ्लि र सन्सनी सन्सनी गीतको भिडियो बाट एकाएक चर्चामा आएका नरेश गायनमा पनि आफ्नो राज जमाउन सफल भएका छन् ।

अहिले उहाँ कै स्वरमा रहेको गीत तुल्सिपुर बजार मे सरर को भिडियो सार्बजनिक भएको छ । जसमा स्वस्तिका चौधरीले साथ दिनु भएको छ । रमेश डङ्गालीको शब्द अनि नरेश कै संगितमा रहेको गीतमा नरेश स्वयम अनि सोनु महतरा छेत्री र निम चौधरीको अभिनय रहेको छ । यो गीत दाङका रमणिय ठाँउहरुमा छायाङकन गरिएको छ ।

यो गीत लार्इ हिरा चौधरीले निर्देशन गर्नु भएको छ भने बिहारी दहितले भिडियो लार्इ छायाङकन गर्नु भएको छ । करिस्मा चौधरीको लगानीमा बनेको यो गीतको भिडियो नरेश जोगिको आफ्नै युट्यब च्यानल बाट सार्बजनिक भएको छ ।

भिडियो हेर्नुहोस :

https://youtu.be/J__tJgq_xs0