नारायणी नदीमा खतरा बढ्यो, उच्च सतर्कता अपनाउन सर्कुलर - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

नारायणी नदीमा खतरा बढ्यो, उच्च सतर्कता अपनाउन सर्कुलर



नारायणगढ- नारायणी नदीमा खतराको तह बढेको भन्दै सतर्कता अपनाउन सर्कुलर गरिएको छ । नदीमा पानीले सतर्कता तह पार गर्न लागेको बताइएको छ ।

नारायणी नदीको देवघाट बाढी मापन केन्द्रले जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेका भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आग्रह गरेका छन् ।

पानी निरन्तर परिरहेको र नारायणी नदी बढ्दो क्रममा रहेको भन्दै घिमिरेले नारायणी नदी बढेर जुनसुकै बेला पनि दुर्घटना निम्त्याउन सक्ने भएकाले नदी तटीय बासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
आइतबारदेखि निरन्तर परेको पानीले नदीको सतह बढ्दै गएको बताइएको छ । नदीमा मंगलबार बिहान पानीको सतह सात दशमलव १८ मिटर पुगेको बताइएको छ ।

देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिएको छ ।