नारायण ,सुबोध र सुशिलाले झुमाए गजियाबादका दर्शक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नारायण ,सुबोध र सुशिलाले झुमाए गजियाबादका दर्शक



गाजियावाद 

भारतको उत्तर  प्रदेशको गजियावादमा  तीज कार्यक्रम भव्य रूपमा मनाइएको छ । हिमालय समुहको मुख्य आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई सगरमाथा चेरीटेवल ट्रष्ट र नेपाली जनसम्पर्क महिला समिति भारत एवं गाजियावाद साखाले संयुक्त रुपमा सहयोग गरेका थिए  ।

कार्यक्रममा गाजियावादमा  बसोबास गर्ने प्रवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । महिला समितिकी  अध्यक्ष  सुनिता कुँवरको सभापतित्वमा हिमालय समुहका अध्यक्ष दिल खत्री  प्रमुख अतिथिका रूपमा उपस्थितरहेका थिए ।

नेपाल देखि आएका राष्ट्रिय कलाकार नारायण बिपी परियार ,सुबोध पोख्रेल ,सुशिला बिक र स्थानीय कलाकर अशिम खनालले उपस्थित दर्शकलाई मनोरंजन प्रदान गरेका थिए ।