माओवादी केन्द्र एक मधेश एक प्रदेश मागको बिरुद्धमा :श्रेष्ठ - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

माओवादी केन्द्र एक मधेश एक प्रदेश मागको बिरुद्धमा :श्रेष्ठ



काठमाडौं, साउन ९ ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी एक मधेश एक प्रदेश माग को बिरुद्धमा मा दृढ रहेको प्रष्टीकरण दिएका छन् ।

बिभिन्न सञ्चारमाध्यमले माओवादी केन्द्रका नेता मातृका यादवको पहलमा फेरी मधेसवादी पार्टीले छोडिसकेको ‘समग्र मधेस एक प्रदेश’को माग ब्युँताइन लागिएको भन्दै समाचार सम्प्रेषण गरेका छन् ।  जवाफमा श्रेष्ठले फेसबुकमा लेखेका छन् ‘हाम्रो पार्टी एक मधेश एक प्रदेशूमाग को बिरुध्द मा दृढ छ। यो अनावश्यक मात्र होइन हानिकारक छ। कसैमा कुनै भ्रम नरहोस । ‘

यसअघि माओवादी केन्द्रको भ्रातृ संगठन राष्ट्रिय मधेसी मुक्ति मोर्चाका संयोजक तथा हेडक्वार्टर सदस्य मातृका यादवले मधेसवादी पार्टीले छोडिसकेको ‘समग्र मधेस एक प्रदेश’को मागलाई ब्युँताइने पहल गरेका छन् । यादवको सक्रियतामा ‘मधेसी भ्वाइस एसेम्बली’ पनि गठन भएको छ ।

शनिबार काठमाडौंमा एक भेलाको आयोजना गर्दै यादवसहितका नेताले समग्र मधेस एक प्रदेशको माग पूरा गराउन आन्दोलनको तयारीमा जुटन आह्वान समेत गरेका छन् । नवगठित संगठनमा यादवका साथै मधेसवादी पार्टीका नेताहरूसमेत छन् ।

संगठनमा राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, नयाँ शक्ति पार्टी नेपालका नेता डा. रामकेवल साहलगायतका नेता छन् । यादवसँगै माओवादी केन्द्रका अर्का नेता गोपाल ठाकुरसमेत यो अभियानमा जुटेका छन् । ठाकुर संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिमा समेत छन् ।