नारायणकाजीको सांसद बन्ने सपाना अधुरो , डा. भट्टराई विजयी !
हिमाल पोस्ट /काठमाडौं २३
गोरखा २ बाट नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई ७ हजार १७४ मतान्तरले विजयी भएका छन् ।
नारायणकाजी श्रेष्ठलाई पछी पार्दै उनि विजयी भएका हुन् ।
यस संगै नारायणकाजीको सांसद बन्ने सपाना अधुरो ५ वर्षको लागि रोकिएको छ ।
यद्ध्यापी उनले सामाजिक संजालमा भनेका छन्, ‘गोरखा २ का आदरणाीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा. बाबुराम भट्टराईलाई बधाई ।’
उनले आफ्नो निर्वाचन क्षेत्रको परिणाम जे जस्तो भएपनी देश जनता, सत्य र न्याय प्राप्तिका निष्ठामा अविचलित रहने बाचा गरेका छन् ।
धेरैको अनुमान थियो डा भट्टराईले गोर्खा २ बाट जित्दैनन् भन्ने तर यी सबै अनुमानलाई उनले गलत साबित गरिदिएका छन् । डा भट्टराईको क्रेज जनतामा अझै छ भन्ने यो चुनावले साबित गरिदिएको छ ।