नम्रताको ‘प्रसाद’ मुर्हूत, - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नम्रताको ‘प्रसाद’ मुर्हूत,



अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘प्रसाद’ को मुर्हूत गरिएको छ । सोमवार काँडाघारीमा रहेको गान्धी महिला आश्रममा फिल्मको मुर्हूतसँगै औपचारिक रुपमा क्यामेरा ‘अन’ गरियो । विपिन र नम्रतासँगै निर्देशक तथा अभिनेता निश्चल बस्नेतले संयूक्त रुपमा आफ्नो भागको संवाद बोल्दै मुर्हूत सट दिए । यसमा विपिन र नम्रता श्रीमान-श्रीमतिको भूमिकामा छन् । निश्चलको भूमिका भने सस्पेन्स राखिएको छ ।

निश्चल, विपिनको साथीको भूमिकामा रहेको मुर्हूत सटमा उनले बोलेको संवादबाट अनुमान काट्न सकिन्छ । निःसन्तान दम्पत्तीको कथामा आधारित यस फिल्मलाई ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्दैछन् । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा फिल्मले बोल्ने निर्देशक राउतले जानकारी दिए ।

फिल्म ‘जाइरा’ का लागि कपाल मुडुले बनाएकी नम्रताले यस फिल्ममा नक्कली कपाल लगाएकी छिन् । ‘प्रसाद’ को मुर्हूत समारोहमा उनी विल्कुलै फरक लुक्समा देखिएकी थिइन् । उनले सिउँदोमा सिन्दुर, गलामा रातो-पहेंलो मिसिएको पोते र हातमा राता चुरा लगाएकी थिइन् ।

सुवाष थापाको निर्माण रहने ‘प्रसाद’ लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेछन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको रहनेछ । विकास सुवेदी फिल्मका एशोसियट डाइरेक्टर हुन् ।