यस्ती भएर आउदै छिन् नम्रता ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

यस्ती भएर आउदै छिन् नम्रता !



काठमाडौं : फिल्म ‘प्रसाद’मा लामो कपाल र गृहिणीको भूमिकामा देखिएकी अभिनेत्री नम्रता श्रेष्ठ ‘जाइरा’मा भने फरक अवतारमा देखिने भएकी छन् । जसको रिलिज मिति पनि तय गरिएको छ ।

फिल्म टिमले छायांकनको झण्डै १० महिनापछि भदौ ६ गते श्रीकृष्ण जन्माष्टमीको दिन ‘जाइरा’ रिलिज गर्ने तय गरेको छ । यसमा नम्रता मार्सल आर्टको खेलाडीका रुपमा देखिने छन् ।

उनले यसका लागि करिब ६ महिना मार्सलआर्टको ट्रेनिङ लिएकी छन् । त्यस्तै, कपाल पनि छोटो बनाएकी छन् । उनले यसका लागि ५१ किलोग्रामबाट तौल घटाएर ४३ किलोग्राम बनाएकी छन् ।

यसमा नम्रतासंगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ देखिने छन् । त्यस्तै, नव कलाकरहरू सिर्जना रेग्मी, सुजाता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय रहने छ ।

एक्शन प्रधान ‘जाइरा’लाई आँशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । उनले निरोज महर्जनसँग मिलेर पटकथा पनि तयार पारेका हुन् । कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्स प्रा.लि.को प्रस्तुतिमा रहेको फिल्मको कार्यकारी निर्मातामा प्रसन्न गोपाली छन् ।